ट्रेन्डीङ्ग

नवलपरासीमा मासु पसल अनुगमन

परासी।भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पश्चिम नवलपरासीले बर्दघाट र सुनवलका मासु पसलको अनुगमन गरेकाे छ।अनुगमनका क्रममा दर्ता नवीकरण नगरी सञ्चालन गरेको पाइएको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए।

 

 

नवीकरण नभएकालाई नवीकरण गर्न,डी फ्रिज निरन्तर संचालन गर्न,सेतो एप्रोन प्रयोग गर्न,मासु धुलो नलाग्ने गरी जालीले छोपेर राख्न,मूल्यसूची राख्न,भुइँ सफा गर्न मिल्ने गरी प्लास्टर गर्न वा टायल राख्न,मासु काट्ने औजार खिया नलाग्ने गरी सफा राख्न ढक तराजु नवीकरण गर्न,मासु सगै अन्य सामाग्री एकै ठाउमा राख्न नहुने निर्देशन दिइएको प्रमुख चौधरीले बताए।

 

 

 

भेटनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रको वार्षिक स्वीकृत कार्यक्रम अनुसार श्रवण कुमार चौधरीको सयोजकत्वमा नियमन कार्यक्रम अन्तर्गत स्वच्छ र स्वास्थ्य मासु उपयोगका लागि पसलहरुमा अनुगमन सहित  सुझाव दिइएको कार्यालयका सुचना अधिकारि सुरेश प्रसाद  मिश्रले जानकारी दिए।

 

 

अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मछ्य विकास अधिकृत,स्वास्थ्य कार्यलय,जिल्ला प्रशासन कार्यलय,उपभोक्ता हित संरक्षण मंच,माछा व्यवसायी संघ,कुखुरा व्यवसायी सघ,पशु क्वारेन्टाइन महेशपुरका प्राविधिक,पशु  चिकित्सक,जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पत्रकारको सहभागिता रहेकोे थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?