ट्रेन्डीङ्ग

स्थानीय तहमा हुने सेवा प्रवाहमा सुशासन,जवाफदेहीता र पारदर्शी विषयमा परासीमा अन्तर्क्रिया

परासी।स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहमा सुशासन,जवाफदेहीता र पारदर्शी विषयमा भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी समुह नवलपरासीले आज परासीमा अन्तरक्रिया गरेको छ।संस्थाका अध्यक्ष रामजी ज्ञवालीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगर प्रमुख यादवले उजुरीकै आधारमा पक्राउ गर्न नहुने पहिले छानबिन हुनुपर्ने बताए।भ्रष्टाचारको विषयमा निष्पक्ष अनुसन्धान गरी कार्वाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने बताए। यस्तै नगर उपप्रमुख सम्झना चौधरीले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै सजक हुनुपर्ने बताए।

सहायक सिडियो प्रकाश देवकोटाले भ्रष्टाचार न्यूनीकरण गर्न नागरिकको भुमिका अतुलनीय हुने बताउनुभयो।प्रशासकीय काममा नतिजा मुखी भन्दा प्रक्रिया मुलक कार्य हेर्ने गर्दा भ्रष्टाचार नियन्त्रण गर्न समस्या भएको भन्दै उहाले सहभागी मुलुक छानबिन समितिको निर्माण गर्नुपर्ने बताउनुभयो।उपभोक्ता संरक्षण हित पश्चिम नवलपरासी अध्यक्ष अधिवक्ता सरस्वती शर्माले राजनीतिलाई पेशा ठान्ने नेता र जनप्रतिनिधिबाट भ्रष्टाचार न्यूनीकरण नहुने बताए।

सस्थाका अध्यक्ष ज्ञावलिले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो।कार्यक्रममा स्थानीय सुशासनको विषयमा रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत मान बहादुर खड्काले प्रस्तुतिकरण गरेका थिए।

सस्थाका उपाध्यक्ष बाबुराम खड्काले कार्यक्रमको विषयमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन रमेशकुमार भुषालको रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?