ट्रेन्डीङ्ग

विश्व पानी दिवस:सरोकारवाला निकाय संग अन्तरक्रिया

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ३१ औं विश्व पानी दिवस सरोकारवाला निकाय संग अन्तरक्रिया गरि मनाइएको छ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल नवलपरासी(बसप)को आयोजना र जिल्ला समन्वय समितिको सहयोगमा भएको कार्यक्रम खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा साथै जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव(रुदल)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले शुद्ध पिउने पानीको प्रयोग गर्न पाउनु नागरिकको मौलिक हक भएपनि अधिकांश नागरिकले स्वच्छ र सुरक्षित पिउने पानीबाट वञ्चित रहेकोले त्यसतर्फ स्थानीय तहको ध्यान जानुपर्ने बताए।गाउँगाउँमा वषौँअघिदेखि बनेका खानेपानी ट्यांकीको उचित व्यवस्थापन गरी सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका थिए।

नगर प्रमुख धनपत यादवले नागरिकलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताए।प्रत्येक नागरिकको घरमा शुद्ध पिउने पानीको व्यवस्थापनको लागि रहेका चुनौती र समस्या समाधान गर्नको लागि खानेपानी महासंघले पनि स्पष्ट योजना ल्याउनुपर्ने उल्लेख  गरे नगरप्रमुख यादवले उपभोक्ता समितिले खानेपानी आयोजना सञ्चालन गर्न नसकेको महशुस भईरहेको बताउँदै त्यसको समाधानका लागि नगरपालिकामै खानेपानी शाखा स्थापना गर्न पहल गरिरहेको बताए।नगर भित्र सञ्चालित उद्योग प्रतिष्ठानले अनिवार्य रुपमा पानीको पुनःभण्डारण गर्नुपर्ने गरी व्यवस्थापन गर्न जोड दिईने बताए।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैरेले संविधानको मौैलिक हकको रुपमा स्वच्छ खानेपानीको हक लेखिएपनि कार्यान्वयन नभएको गुनासो गर्दै एक घर एक घारा अभियान चलाएर सबै नागरिकलाई शुद्ध पिउने पानीको पहुँचमा पुर्याउन तीनै तहका सरकारले प्राथमिकताका साथ खानेपानीको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने माग गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी,सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल परियार,नेपाल गण्डक पश्चिमी नगर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष हैदर अलि  लगायतले पानीको महत्व र यसको व्यवसथपनको विषयमा आआफ्नो धारणा राखेका थिए।


संस्थाकी उपाध्यक्ष तारा सुनारको स्वागत सगै सुरु भएको कार्यक्रम सचिव देविदत्त सापकोटाले संचालन गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal