ट्रेन्डीङ्ग

नेता भुसाललाई गिरफ्तार गर्नु सरकार पञ्चायती गुण्डा शैलिमा लाग्यो- प्रवासी नेपाली जनसमाज

फाल्गुन ८ बुटवल ।
विप्लव नेकपा निकट प्रवासी नेपाली जनसमाज , भारतले लेखक तथा बौद्धिक व्यक्ति भेषराज भुसाललाई गिरफ्तार गर्नु सरकार पञ्चायती गुण्डा शैलिमा लागेको आरोप लगाएको छ ।
जनसमाज भारतका अध्यक्ष आजाद शेन थापाले विज्ञप्ति मार्फत सबै प्रकारका आक्रमक कार्बाहीका कार्यक्रमहरु स्थगन गरी जनसंघर्ष र जनसेवामा तल्लीन रहेको नेपाल कम्युनिष्ट पार्टी र यसका जनवर्गीय संगठनका नेता , कार्यकर्ताहरुलाई पञ्चायती गुण्डा शैलीमा खोजी – खोजि गिरफ्तार गर्ने हिरासतमा निर्मम याताना दिने झुटा मुद्दामा जेल हाल्ने कार्यलाई बन्द गरी शान्तीपूर्ण रुपमा वार्ताको वातावारण तयार गरी समस्याको सामाधान गर्नु भन्दा पनि सरकार षड्यन्त्र तिर लागेको बताए ।

शेनले विज्ञप्तिमा भनेका छ्न शान्तीपूर्ण रुपमा सभा सम्मेलन गर्ने जनतालाई आफ्नो बिचार राख्न पाउने नगरिकको मौलिक अधिकारलाई समेत उल्लधन गर्दै यहि २०७७ साल फागुण ६ गते बुटवलमा रणनैतिक संयुक्त मोर्चाद्धारा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा रणनैतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य , नेकपा स्कुलीङ बिभाग प्रमुख , प्रवासी नेपाली जनसमाज , भारतका संस्थापक संरक्षक रहनुभएका तथा शिक्षक आन्दोलनका नेतृत्वकर्ता , लेखक बौद्धिक एवम् प्राज्ञिक व्यक्ति भेषराज भुसाललाई कथित सामाजीक दलाल पुजीवादी के.पी ओलीको सरकारले बिनाकारण गिरफ्तार गर्नुले प्रष्ट हुन्छ सर्वप्रथम यस्ता घटनाले संगठनको घोर विरोध तथा भर्त्सना गर्दछ ।

विज्ञप्तिमा सरकार एकातिर आम जनतालाई वार्ताको नाममा भ्रम श्रृर्जना गरिरहेकोछ भने अर्को तिर वार्ताको वातावारण तयार गर्नु भन्दा पनि शान्तीपूर्ण रुपमा जनसंघर्षमा रहेको रणनैतिक संयुक्त मोर्चालाई समेत दमन गिरफ्तारी गर्नुले सरकार शान्ती होइन वार्ताको नाममा षड्यन्त्र गरिरहेको पुष्टि भएको बताए ।

विज्ञप्तिको अन्त्यमा भनेका छन नेपाल कम्युनिष्ट पार्टी माथीको रानितिक प्रतिबन्ध फुकुवा गरी आस्थाकै आधारमा गिरफतार गरिएका सम्पूर्ण नेता , कार्यकतालाई रिहा गर्ने , र यस प्रकारका दमन , हत्या र गिरफतारी बन्द गरी शान्तीपूर्ण तरिकाबाट समस्या सामाधान खोज्न नेपाल सरकारसंग हाम्रो संगठन प्रवासी नेपाली जनसमाज , भारत जोडदार माग गर्दछ । साथै देशभक्त , प्रगतिशील , सच्चा लोकतन्त्रवादी , प्रत्रकार , बुद्धिजीवि , मनावअधिकारवादी , न्यायप्रेमि जनसमुदायहरु र सम्पूर्ण देशभक्त प्रवासी नेपालीहरुलाई सरकारको यस्ता रवैयाको विरोध , भर्त्सना साथै प्रतिकार गर्न हार्दिक अनुरोध सहित अपील गर्दछौ ।
विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?