माघ १३
बाके,यमु कडेल
पत्रकार विद्यार्थी संगठन बाके द्वारा आयोजित आजबाट तीन दिने आधारभुत पत्रकारिता तालिम सुरुभएको छ।
उक्त कार्यक्रमको नारा भने
`सम्पुर्ण उत्पीडित पत्रकार विद्यार्थी एक हौ रहेको थियो´।
उक्त कार्यक्रमको उट्घाटन पत्रकार विद्यार्थी संगठन नेपालका केन्द्रिय अध्यक्ष मुक्ती गैरेले गर्नुभयको थियो ।
उक्त कार्यक्रममा बोल्दै पत्रकार विद्यार्थी संगठन बाकेका अध्यक्ष
किशोर शाहिले अहिलेको समयमा
मानिसले पत्रकारलाइ किन्न धेरै प्रयास गरिरहेका छन। चाकरी गर्ने पत्रकारको पनि वृद्धि हुँदै गयको छ धेरै पत्रकारहरु उत्पीडित हुँदै गयका छन यो सबै कार्यहरु रोक्नका निमित्त हाम्रो संगठनले गहन भुमिका निभाउने र यो कार्यक्रममा उपस्थित हुनु भयका सम्पुर्ण प्रशिक्षार्थीहरुलाइ अनुशासन भयर बस्नुका साथै कार्यक्रमको महत्त्व बारे जानकारी गराउनु भयको थियो ।
साथै उक्त कार्यक्रमको प्रशिक्षक भने
नेपाल टेलिभिजन बाकेका प्रस्तोता रुद्र सुवेदी,नागरिक समाजका कार्यकारी सम्पादक रामु ओलि तथा इ-सेतोखरी.कमका प्रधान सम्पादक कमल न्यौपानेको उपस्थितिमा पत्रकारिता तालिम सुरु भयको छ ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नगर समिती सचिब सुशील सापकोटा,बाके प्रेस युनियनका कार्यलय सदस्य,बैजनाथ दैनिक पत्रीकाका सम्पादक दिपक राइको उपस्थित रहेको थियो ।
उक्त तालिममा ३० जना प्रशिक्षार्थी सहभागी थियो।
उक्त तालिम कोहलपुरको कृष्ण होटेल मा सन्चालन भएको छ।