
माघ २ लमजुङ । राष्ट्रिय योग दिवसको अवसरमा
“गरौं योग डटेर ,कोभिड जान्छ हटेर मुल नारा सहित ” सुस्वास्थ्य र ब्यबस्थित जिवनशैलीका लागि योग तथा प्राकृतिक चिकित्सा र जडिबुटि सचेतना शिविर लमजुङमा सप्पन्न ।
लमजुङ जिल्ला राइनाकोट नगरपालिकाका समुन्द्री सहत देखि १८०० मिटर उचाइमा रहेको नेपालको पहिलो योग स्तम्भमा ” गरौं योग डटेर ,कोभिड जान्छ हटेर मुल नारा सहित ” सुस्वास्थ्य र ब्यबस्थित जिवनशैलीका लागि सचेतता शिविर योग तथा प्राकृतिक चिकित्सा र जडिबुटि सचेतना शिविर गरि योग तथा प्राकृतिक चिकित्सक संघ नेपाल ,नेपाल योग थेरापी संघ सहआयोजना, राइनास नगरपालिकाको विशेष सहयोग र सर्वोदय सेवास्रम आयोजना र राइनासकोट होमस्टे समन्वयमा राष्ट्रीय योग दिवस मनाएको हो ।
राइनास नगर प्रमुख सिंह बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल योग थेरापी संघका केन्द्रिय अध्यक्ष डा. आनन्द गैह्रेको अध्यक्षतामा भएको थियो भने योग तथा प्राकृतिक चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा. यन्जन गैह्रेले स्वागत तथा कार्यक्रमको औचित्य बारेमा प्रकाश पार्नु भएको थियो । डा . पुकार लोहनी र डा. अस्मिता श्रेष्ठले योग आसन प्रणायम जलनेती अनुहारको वाफका बारेमा प्रयोगात्मक र सैद्दान्तिक प्रस्तुति गर्नु भएको थियो ।
सो कार्यक्रममा उपप्रमुख घनकुमारि गुरुंगले शुभकामना मन्तव्य राख्नु भएको भने राइनास वडा नं ५ र ९ का वडा अध्यक्ष नन्द बहादुर कुमाल र देव बहादुर थापा, डा. दिनेश राई , डा. ओम प्रकाश खनिया ,डा. सुमन चौलागाईं , अमृता बन्जाडे लगायत तिनपिप्ले र तार्कुँघाट आयुर्वेद औषधालय प्रमुखहरु,राइनासकोट , पत्लेपानी , कुंडुले होमस्टेका संचालकहरुका साथै योग साधक चक्रराज चिलुवाल समेतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सर्बोदय सेवास्रमका अध्यक्ष कृष्णराज ओलियाले गर्नु भएको प्राकृतिक चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष यन्जन गैह्रेले जानकारी दिनु भयो ।
कार्यक्रमका अबसरमा राइनासकोट , पात्लेपानी , कुंडुले , मोहोरिया र प्यार्जुंग गाउँका लागि १००/१०० थान मास्क वितरण गरिएको थियो । नगर प्रमुखलाई अनुहारको वाफ लिने मेसिन र उपप्रमुखलाई जलनेती भांडा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम पश्चात राइनासकोट होमस्टेका तर्फबाट माघे संक्रान्तिको विशेष परिकार तरुल सखर रोटि खिचडि जडिबुटि चिया प्रसाद स्वरुप वितरण भएको थियो ।