पुष २६ बुटवल । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ ।
माघे संक्रान्तिको पर्वको अवसरमा माघ १ र २ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले बताएका छन् ।
संघीय सरकारले पनि माघे संक्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।